१४ असार २०८३, आइतबार

बुबा बारको अध्यक्ष, छोरी नेपाल ल क्याम्पसको स्ववियु कोषाध्यक्ष

बैशाख ८, २०८२
काठमाडौं
बुबा बारको अध्यक्ष, छोरी नेपाल ल क्याम्पसको स्ववियु कोषाध्यक्ष

नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष विजय प्रसाद मिश्रको परिवारमा एउटा सुखद संयोग परेको छ । 

मिश्र हालै बारको अध्यक्षमा निर्वाचित हुँदा सोमबार उनकी छोरी विधिशा मिश्र पनि नेपाल ल क्याम्पसबाट स्ववियु कोषाध्यक्ष निर्वाचित भएकी छन् । सोमबार सम्पन्न निर्वाचनमा विधिशा कोषाध्यक्षमा निर्वाचित भएकी हुन् । 

यसअघि बार अध्यक्षमा निर्वाचित भएसँगै विधिशाले सामाजिक सञ्जाल फेसबुकमार्फत बुबालाई शुभकामना दिँदै बुबाको नेतृत्वमा नेपाल बार एसोसिएसनले न्यायिक सुधारको नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरेकी थिइन् । 

‘मैले आफ्नो बाबालाई सधैँ न्यायको लागि लड्ने, कमजोरहरूको आवाज बन्ने, र सत्यको पक्षमा अडिग रहने एक अथक योद्धाको रूपमा देखेकी छु। उहाँको बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी सोच र कार्यशैलीले हाम्रो कानुनी क्षेत्रमा नवीन दृष्टिकोण ल्याउनेछ’, उनले भनेकी थिइन्, ‘बाबा, तपाईँको नेतृत्वमा नेपाल बार एसोसिएसनले न्यायिक सुधारको नयाँ इतिहास रच्नेछ भन्ने मलाई विश्वास छ। तपाईँको ज्ञान, अनुभव र दृढ संकल्पले सबै कानुन व्यवसायीहरूलाई प्रेरणा दिनेछ।’

उनले एक छोरीको हैसियतले आफू बुबाको साहस, दृढता र प्रतिबद्धताबाट सधैँ प्रेरित भएको उल्लेख समेत गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्