१८ असार २०८३, बिहीबार

पोखरा महानगरका अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख ९, २०८२
काठमाडौं
पोखरा महानगरका अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका एक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा महानगरको उजुरी फर्छ्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार गिरीले उजुरीसँग सम्बन्धित प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएका थिए ।

गिरीले उजुरीसँग सम्बन्धित प्रमाण मेटाई फरफारक गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्