
कञ्चनपुरको बेलौरी नगरपालिका– १० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरीरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो ।
शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकलसमेत जलाइएको पाइएको छ ।
बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसी पालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका थिए । 'घटनास्थलमा प्रहरी टोली पुगेको छ,' प्रहरी नायब उपरीक्षक जोशीले भने, 'के कति कारणले रानाको घटना भयो भन्नेबारे अनुसन्धान गर्दैछौं ।'