०६ असार २०८३, शनिबार

डोल्पाको छार्काभोटमा पहिलोपटक पुग्यो जीप

बैशाख ९, २०८२
काठमाडौं
डोल्पाको छार्काभोटमा पहिलोपटक पुग्यो जीप

डोल्पाको छार्काभोटमा पहिलोपटक बोलेरो जीप पुगेको छ।

छार्काभोट समुद्री सतहदेखि ४,३०० मिटरको उचाइमा पर्छ। यो विश्वकै अग्लो मानव बस्तीमध्ये एक हो । गण्डकी करिडोरमार्फत दुई वटा बोलेरो जीप मुस्ताङ हुँदै त्यहाँ पुगेका हुन्।

यी जीपले अब छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकामा सेवा दिनेछन् । यस क्षेत्रका बासिन्दालाई आन्तरिक यातायातमा सहज हुने विश्वास गरिएको छ ।

पहिलोपटक सवारीसाधन पुग्दा स्थानीयहरू निकै खुसी भएका छन् । अघिसम्म यहाँ मानिसहरू घोडा, खच्चड र पैदलयात्रामा निर्भर थिए। बाटो निर्माणसँगै यातायातको पहुँच पुगेको हो ।

स्थानीयले अब खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य सामग्री ल्याउन सजिलो हुने बताएका छन् । स्वास्थ्य, शिक्षा र व्यापारमा पनि सुधार हुने आशा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्