०३ साउन २०८३, आइतबार
कम्युनिस्ट पार्टीको स्थापना दिवस

शिक्षामन्त्रीको राजीनामाबारे ओली– मेराविरुद्ध हेडलाइन बनाउनु पर्ने के दुस्मनी हो ?

बैशाख ९, २०८२
काठमाडौं
शिक्षामन्त्रीको राजीनामाबारे ओली– मेराविरुद्ध हेडलाइन बनाउनु पर्ने के दुस्मनी हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको विषयलाई लिएर मिडियाले आफूलाई देखेको आरोप लगाएका छन् । शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको ओलीले दाबी गरे । 

नेपाल कम्युनिस्ट पार्टीको ६७ औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले शिक्षामन्त्रीको राजीनामाको विषयलाई अतिरञ्जना गरिएको बताएका हुन् ।

‘एकजना मन्त्रीले राजीनामा दिनुभयो भन्ने खूब हल्ला छ– प्रधानमन्त्रीले बसिखान दिएन भनेर । मैले बनाएको मन्त्री, मैले काम लगाएको छु । अस्ति भर्खर अप्रेसन गर्नुभयो । स्वास्थ्य पनि ठीक भएन,’ ओलीले भने, ‘उहाँले स्वास्थ्यको कारण देखाउनु भएको छ, सबैको हेडलाइन मेराविरुद्धमा छ । यो त कस्तो भने आश्चर्य पनि ! यस्तो दुस्मनी के कारणले हो ?,’ ओलीले भने । 

शिक्षक आन्दोलन उत्कर्षमा पुगेको बेला शिक्षामन्त्रीले सोमबार राजीनामा दिएकी थिइन् । ‘सबैले एकै ठाउँ बसेर सल्लाह गरेर लेखे जस्तो छ, सबैको योजनाबद्ध ढंगले लेखेका छन् । प्रधानमन्त्रीले असहयोग गरे भनेर, प्रधानमन्त्रीको मतभेदबाट भनेर,’ ओलीले भने ।  

salt training

कमेन्ट गर्नुहोस्