१६ असार २०८३, मंगलबार

लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : निधि

बैशाख ९, २०८२
काठमाडौं
लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा निहित रहेको बताएका छन् । 

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रसार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान विषयक बागमती प्रदेशस्तरीय कार्यक्रममा पूर्वउपसभापति निधिले गणतन्त्र र वर्तमान व्यवस्थाका पक्षमा जनतामा सकारात्मक धारणा विकास गराउन सङ्गठित सैद्धान्तिक, राजनीति र वैचारिक बहसलाई जोड दिनुपर्ने बताए । 

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणाली चिरायू रहन्छ भनेर जनतालाई आस्वस्त पार्नुपर्छ, सरकार फेरिएला, नेता फेरिएलान्, चुनावबाट नेतृत्व परिवर्तन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो, जनताको अधिकार हो, २०८४ मा चुनाव हुँदा केही परिवर्तन हुन्छ, लोकतान्त्रिक पद्धतिको सफल प्रयोग जनताका पक्षमा गर्नु जरुरी छ”, उनले भने । 

पूर्वउपसभापति निधिले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने भ्रमपूर्ण प्रचारलाई चिर्दै थप समृद्धि हासिल गर्न लाग्नुपर्ने अवस्था छ भन्नेमा नेता तथा कार्यकर्ताको ध्यानाकर्षण गराए । 

salt training

कमेन्ट गर्नुहोस्