
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा क्रिकेट मैदान निर्माण सुरु गरिएको छ ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु आठ लाख बजेटमा यहाँ क्रिकेट खेलमैदान निर्माणको काम सुरु गरिएको हो ।
जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रूपन राईले यहाँ आठ रोपनी जग्गा व्यवस्थापन गरेर ‘लफ्याङ सिरान क्रिकेट खेलमैदान’ निर्माणको काम सुरु गरिएको जानकारी दिए। निर्माणाधीन खेलमैदानको लम्बाइ ८७ मिटर र चौडाइ ५७ मिटरको हुनेछ ।
खेलमैदानका लागि स्थानीय मझुवा सेवा समाजले पाँच रोपनी आठ आना जग्गाको व्यवस्थापन गरेको छ ।
क्रिकेट खेल मैदान निर्माणका लागि प्रतिरोपनी रु एक लाख दश हजारको दरले जग्गा खरिद गरेर क्रिकेट सङ्घलाई उपलब्ध गराइएको मझुवा सेवा समाजका सदस्य भूपराज कटवालले बताए ।