
कक्षा १२ काे परीक्षा सार्ने निर्णय भएको छ । शिक्षक आन्दोलनका कारण परीक्षा अब वैशाख २१ गतेदेखि मात्र गर्नेगरी राष्ट्रिय परीक्षा बाेर्डले निर्णय गरेकाे हाे।
यसअघि वैशाख ११ गतेदेखि हुने तय भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा निर्देशनअनुसार परीक्षा सारिएको बोर्डको भनाइ छ ।
यसअघि मंगलबार बिहान बसेको बाेर्डकाे बैठकले ताेकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेकाे थियाे। तर अवस्था असहज हुने भएसँगै परीक्षा सारिएको हो ।