१९ असार २०८३, शुक्रबार
जम्मू कश्मीरमा ठूलो आतंकवादी हमला

जम्मू कश्मीरमा पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित २७ जनाको मृत्यु

बैशाख १०, २०८२
काठमाडौं
जम्मू कश्मीरमा पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित २७ जनाको मृत्यु
फाइल तस्वीर

भारतको जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकवादी आक्रमण भएको छ। बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाउँदा २७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मृत्यु हुनेमा एक नेपाली पनि रहेको दैनिक भास्करले जनाएको छ । भास्करको समाचारअनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन् । समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ । 

बाँकी पर्यटकहरू उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।

घटना मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको थियो । 

आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ ।

यो २०१९ को पुलवामा आक्रमणपछि जम्मू कश्मीरमा भएको सबैभन्दा ठूलो आतंकवादी आक्रमण भएको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्