२१ असार २०८३, आइतबार

बैतडीको शिवनाथमा १० शय्याको अस्पताल बन्दै, ५० प्रतिशत काम सकियो

बैशाख १०, २०८२
बैतडी
बैतडीको शिवनाथमा १० शय्याको अस्पताल बन्दै, ५० प्रतिशत काम सकियो

बैतडीको शिवनाथ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ ।

गाउँपालिका– ६ सुल्लेखानमा निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको छ ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार सङ्घीय सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार रु नौ करोडको लागतमा शिवनाथमा भवन निर्माण भएको हो ।

उनले भने, 'अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने छ ।'

अस्पतालमा दुई जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारीको दरबन्दी छ ।

salt training

कमेन्ट गर्नुहोस्