१२ साउन २०८३, मंगलबार

प्रधानमन्त्रीले शिक्षकलाई अपमानित गरिरहेका माओवादीको आरोप

बैशाख १०, २०८२
काठमाडौं
प्रधानमन्त्रीले शिक्षकलाई अपमानित गरिरहेका माओवादीको आरोप

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई अपमानित गरेको आरोप लगाएको छ ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्नि प्रसाद सापकोटाले शिक्षकका माग पूरा गर्नुभन्दा प्रधानमन्त्री ओलीले उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेको बताए । 

शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडक आन्दोलनमा रहे पनि सरकार र प्रधानमन्त्रीले बेवास्ता गरेको उनको भनाइ छ ।

‘आउँदो १२ गतेदेखि संसद् अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं’, प्रवक्ता सापकोटाले भने । 

उनले आन्दोलनरत लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारी, चिकित्सक लगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी उनीहरूका जायज माग पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्