२७ असार २०८३, शनिबार

शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

बैशाख १०, २०८२
काठमाडौं
शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

आफूलाई अभियन्ता बताउने शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
वैशाख ३ गते साँझ साढे पाँच बजे गोठाटारस्थित पहेंलोपुल नजिकै मन्दिर अगाडि  वाइबामाथि ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार भएको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त बानेश्वरमा उजुरी परेपछि प्रहरीले वाइबामाथि आक्रमण गर्ने शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र बाबु भन्ने कुबेर सिलवाललाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्