२६ जेठ २०८३, मंगलबार

पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन

बैशाख १०, २०८२
संखुवासभा
पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन

उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी भोटखोला सडकखण्ड सञ्चालन भएको छ । 

पहिरो हटाएपछि अवरुद्ध यातायात झण्डै १० घण्टापछि सञ्चालनमा आएको हो । 

बुधबार बिहान करिब साढे बजे अविरल वर्षासँगै आएको बाढीले उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।     

आलफाट्टेमा स्काभेटरले पहिरो हटाएपछि दिउँसो ४ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।

उत्तर दक्षिण कोशी सडक कार्यालयको स्काभेटरको सहयोगमा पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । रातभरको वर्षापछि आएको बाढीले खाँदबारी–भोटखोला सडक खण्डको कच्ची सडक बगाएको थियो । 

सो क्षेत्रमा लगातार पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

भोटखोलाका लागि सदरमुकाम खाँदबारीबाट दैनिक एक दर्जनभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।   

salt training

कमेन्ट गर्नुहोस्