०६ साउन २०८३, बुधबार

पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा

बैशाख १०, २०८२
काठमाडौं
पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा

 स्टेफन समीर बिनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायर खेलमा  पोखराले धनगढी एफसीलाई १–० ले हराएको हो ।

बिनोङले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोलनै पोखराको लागि निर्णयक गोल सावित भयो । यस जितसङ्गै पोखराले उपाधिका लागि अब साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्नेछ । 

पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको हो । उक्त प्रतियोगिताको फाइन खेल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्