२७ असार २०८३, शनिबार

आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

बैशाख ११, २०८२
काठमाडौं
आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

बैठकमा मुलुकको पछिल्लो  राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा साङ्गठनिक गतिविधिका बारेमा छलफल हुने बर्तौलाले जानकारी दिए । 

उनले भने "आजको बैठकमा केही महत्त्वपूर्ण विषयमा छलफल हुनेछ भने अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र भावी योजना बारे खाका सहित धारणा राख्नुहुनेछ ।" तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दीहरुको रिहाइको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ। 

तीनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा पार्टी असन्तुष्ट समेत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्