
दार्चुला चितवनमा तीन जना मृत् भेटिएका छन् । दार्चुलामा एक र चितवनका दुई ठाउँमा एक/एक जना मृत भेटिएका हुन् ।
दार्चुलाको लेकम गाउँपालिका-१ खेतालीस्थित चौलानी नदीमा बैतडी डिलासैनी गाउँपालिका-५ बस्ने ४५ वर्षीय श्यामसिंह साउद बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-२६ सिसैस्थित नारायणी नदीको किनारमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-५ बस्ने ४० वर्षीया सुकमाया बोटे बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी भरतपुर महानगरपालिका-१ जलमापन केन्द्र नजिकै नारायणी नदीको किनारमा सोही महानगरपालिका -११ भोजाड बस्ने ४५ वर्षीय ओमराज मैनाली बुधबार मृत अवस्थामा फेला परेका छन् ।