०६ असार २०८३, शनिबार

गोरखा पुगे प्रचण्ड : शहीद परिवारको घरमा खाना खाए, भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने

बैशाख ११, २०८२
काठमाडौं
गोरखा पुगे प्रचण्ड : शहीद परिवारको घरमा खाना खाए, भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा पुगेका छन् । 

बिहीबार दिउँसो उनी गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा पुगेका हुन् । त्यहाँ पुगेर अध्यक्ष प्रचण्डले शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका छन् । अध्यक्षले शहीद भिष्म कुमालको घरमा खाना खाएका हुन् । 

भोलि बैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष  प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्