२९ असार २०८३, सोमबार

ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

बैशाख ११, २०८२
काठमाडौं
ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुंगेअड्डा पिपलबोट अगाडिको मूल सडकमा बसमा अचानक आगलागी भएको छ ।

कलंकीदेखि थानकोटतर्फ गइरहेको बागमती प्रदेश ०३–०१–००५ ख ९७८६ नम्बरको सार्वजनिक बसमा आगलागी भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल बोहराका अनुसार बसको फाइबर सर्ट भएर आगो सल्किएको हो । 

नगरपालिकाको दमकल र स्थानीय ट्यांकरको सहायताले प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको एसपी बोहराले बताए । 

उनका अनुसार बस पूर्ण रूपमा क्षति भएपनि कुनै मानवीय क्षति भने हुन पाएन ।

salt training

कमेन्ट गर्नुहोस्