२६ असार २०८३, शुक्रबार

ट्राफिक प्रहरीद्वारा युवकमाथि निर्घात कुटपिट

बैशाख ११, २०८२
काठमाडौं
ट्राफिक प्रहरीद्वारा युवकमाथि निर्घात कुटपिट
तस्वीर : भिडियोबाट लिइएको स्क्रिनशट ।

चार जना ट्राफिक प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरी कुट्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियो शेयर गर्दै धेरैले प्रहरीलाई कारबाहीको माग गरिरहेका छन् ।

उक्त भिडियोको सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन समेत अघि बढाएको छ । भिडियोमा एक जना ट्राफिक प्रहरीले लात्तैलात्ताले युवकलाई कुटपिट गरेको देखिन्छ । 

सँगै रहेका अन्य तीन जना ट्राफिकले छुट्याउने प्रयास समेत गरेको देखिँदैन । भिडियोमा कीर्तिपुर रुटमा चल्ने बस देखिएको छ । अन्य मोटरसाइकलहरू कुदिरहेका देखिन्छन् । एक जना ट्राफिकले कालो चस्मा लगाएर यताउता हेरेर निगरानी गरेको जस्तो पनि देखिन्छ । 

कुटाइ खाने युवकको हातमा हेल्मेट छ । जसबाट उनी मोटरसाइकल चालक हुन् भन्ने अनुमान गर्न सकिन्छ ।

null

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, एसपी दीपक गिरीले भिडियो बाहिरिएसँगै छानबिन शुरू भएको बताए । 

‘भिडियो अलि पुरानो जस्तो छ, कीर्तिपुर रुटमा चल्ने बस देखिएकाले त्यहीँ आसपासको हो कि भन्ने ठानिरहेका छौं’, एसपी गिरीले भने, ‘भिडियोमा देखिएका ट्राफिक प्रहरीको परिचय खुलाउने प्रयास भइरहेको छ । भिडियो जहिलेको भएपनि छानबिन हुन्छ । दोषीलाई कारबाही हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्