२७ असार २०८३, शनिबार

मलामी जाँदा भेरी नदीमा बेपत्ता भएका पुरुषको शव भेटियो

बैशाख ११, २०८२
सुर्खेत
मलामी जाँदा भेरी नदीमा बेपत्ता भएका पुरुषको शव भेटियो

सुर्खेतमा भेरी नदीमा डुबेर बेपत्ता भएका पुरुषको शव भेटिएको छ । 

सिम्ता गाउँपालिका–४ भेरी नदीमा बुधबार पौडी खेल्ने क्रममा बेपत्ता भएका ५८ वर्षीय गोविन्द पोखरेलको शव बिहीबार भेटिएको हो ।

उनको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले नदीको ५० फिट गहिराइबाट निकालेको जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको टोलीले शव निकालेको हो ।

उनी बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चिप्ले सुर्खेतबाट समेत खोजी कार्यका लागि टोली परिचालन गरिएको थियो । 

सोही गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्