०४ साउन २०८३, सोमबार

सशस्त्रका १२ डीआईजीको सरुवा, को कहाँ ? [सूचीसहित]

बैशाख ११, २०८२
काठमाडौं
सशस्त्रका १२ डीआईजीको सरुवा, को कहाँ ? [सूचीसहित]

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका १२ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरेको छ । 

गृहमन्त्रीस्तरीय निर्णयले बिहीबार उनीहरूको सरुवा भएको हो ।

सरुवा सूची अनुसार डीआईजी गणेशबहादुर ठाडा मगरलाई कार्य विभाग, कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभाग, शम्भु सुवेदीलाई एपीएफ स्टाफ कलेज, काली दास धौवजीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सरुवा  गरिएको छ ।

कुमार न्यौपानेलाई बराह बाहिनी मुख्यालय सुनसरी, प्रदीप कुमार पाललाई वैद्यनाथ बाहिनी कैलाली, अञ्जनी कुमार पोखरेललाई गढीमाई बाहिनी मुख्यालय मकवानपुर, दीपेन्द्र शाहलाई मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, पुरुषोत्तम थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र दीपेन्द्र कुँवरलाई विन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही सरुवा गरिएको छ । 

यस्तो छ सरुवा सूची :
nullnullnull

 

कमेन्ट गर्नुहोस्