
नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा रामबाबु थापा निर्वाचित भएका छन् ।
बिहीबार काठमाडौंमा सम्पन्न भएको दोस्रो महाधिवेशनले रामबाबु थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
कर्मचारी युनियनको वरिष्ठ उपाध्यक्षमा नीर बहादुर बर्देवा, उपाध्यक्षमा शिशिर झा, कमल प्रकाश न्यौपाने, सञ्जीव प्रसाद साह, रेगबहादुर बिक निर्वाचित भएका छन् ।
महासचिवमा सुमन घिमिरे, उपमहासचिवमा दीपकजंग ठाकुर, सचिवमा विशाल दाहाल, दानबहादुर अर्याल, लोक राज जोशी, रविन राजवंशी, सञ्जुला पोखरेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
सहसचिवमा भिमार्जुन भण्डारी, ज्वाला प्रसाद नायक, नवीन अर्याल, कोषाध्यक्षमा सम्झना पौडेल, सहकोषाध्यक्षमा दिल बहादुर भण्डारी चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा मुरारी प्रसाद अधिकारी, साधना कुँवर, निशा सिंह, गणेश कुमार चौधरी, उत्तम संजेल, चिरञ्जीवी श्रेष्ठ, सुजन पाण्डे, उज्ज्वल ढुंगाना, दीपक चिमोरिया, उपेन्द्र पराजुली, उमेश थापा, टेकबहादुर केपछाकी, लक्ष्मी कटुवाल, अमर मान डंगोल, श्रीराम भण्डारी र रामसरण श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सल्लाहकारमा तुल्सीराम थापा,भानुभक्त कटुवाल र विजय अधिकारी चयन भएका छन् ।
निवर्तमान वरिष्ठ उपाध्यक्ष नीरबहादुर बर्देवाको सभापतित्वमा सम्पन्न भएको युनियनको महाधिवेशनमा पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनाल प्रमुख अतिथि थिए भने संस्थापक अध्यक्ष गोपाल सिंह, महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णमान श्रेष्ठ, समाजवादी पेसागत कानूनी व्यवसायी संगठनका अध्यक्ष डेकेन्द्र प्रसाद सुवेदी, महासचिव अमरबहादुर राउत, सार्वजनिक संस्था कर्मचारी संगठनका अध्यक्ष दीर्घराज ढुंगाना लगायतकाले बोलेका थिए ।