२९ असार २०८३, सोमबार

कमल थापालाई मन्त्री बन्न कांग्रेसको अवरोध

कात्तिक २०, २०७४
कमल थापालाई मन्त्री बन्न कांग्रेसको अवरोध
काठमाडौँ, ६ माघ -प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सरकारमा सहभागी हुने संकेत दिएका थिए ।KAMAL
तर, सरकारमा सहभागी गराउन थापालाई कांग्रेसले र गच्छदारलाई उनकै पार्टीभित्रका नेताहरूले अप्ठ्यारो पारेका छन्, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
प्रधानमन्त्री प्रचण्ड थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र गच्छदारलाई उपप्रधानमन्त्रीसहित सञ्चार मन्त्रालयको जिम्मेवारी दिन तयार थिए ।
यसो गर्दा प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा थापा र गच्छदार पर्ने भन्दै कांग्रेसले मानेको छैन । अहिले प्रधानमन्त्री प्रचण्डपछिको बरियतामा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि छन् ।
थापा र गच्छदार सरकारमा सहभागी भएमा निधिभन्दा सिनियर हुने भन्दै कांग्रेस सकारात्मक नभएको हो । राप्रपा नेता दिलनाथ गिरीले सरकारमा थप सहभागिताका लागि प्रस्ताव आएको, तर अहिले नजाने बताए ।
‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुन प्रस्ताव गरिरहनुभएको छ,’ राप्रपा नेता दिलनाथ गिरीले भने, ‘तर, संशोधन प्रस्ताव परिमार्जन हुने स्थिति नहुँदासम्म हामी सरकारमा प्राविधिक रूपमा भए पनि थप रूपमा जाने अवस्था आइसकेको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्