२० असार २०८३, शनिबार

प्रचण्डलाई भेडाको ऊनको कोट उपहार

बैशाख १२, २०८२
काठमाडौं
प्रचण्डलाई भेडाको ऊनको कोट उपहार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाकी एक महिलाले कोट उपहार दिएकी छन् । 

गोरखा–बारपाककी ‘रोसनी आमा’ले अध्यक्ष प्रचण्डलाई आफ्नै हातले बुनेको भेडाको ऊनको हाफ कोट उपहार दिएकी हुन् । 

अध्यक्ष प्रचण्ड बारपाक आउने थाहा पाएपछि उनका लागि मिल्नेगरी त्यो कोट बुनेको उनले बताइन् । 

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बिहीबार गोरखा पुगेका थिए । बिहीबार दिउँसो अध्यक्ष प्रचण्डले शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका थिए । 

null

आज बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्