
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । गोरखा केन्द्रबिन्दु भएर गएको महाभूकम्पको १० वर्षपछि झण्डै उही समयमा सिन्धुपाल्चोकमा भूकम्प गएको हो ।
जिल्लाको फुल्पिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मध्याह्न ११ बजेर ५३ मिनेटमा भूकम्प गएको थियो ।
२०७२ साल वैशाख १२ गते ११:५६ मा बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।