
टिपरको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ ।
सुन्दरहरैचा नगरपालिका-१ हरैचा बजार छेउमा टिपरको ठक्करबाट दुहवी नगरपालिका-९ का ४० वर्षका मोहमद हसिम मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी वेदप्रकाश जोशीले बताए।
प्रदेश १-२०-०५३ नम्बरको मोटरसाइकलमा सवार रहेका मियालाई ना १ ख ६२७० नम्बरको टिपरले ठक्कर दिएको थियो । दुइटै सवारी साधन विराटचोकदेखि विराटनगरतिर आइरहेका थिए।
टिप्पर धेरै स्पिड भएकाले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मियाको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन् ।