२३ जेठ २०८३, शनिबार
संसद्को बजेट अधिवेशन

कांग्रेसले संसद्‌बाट भन्यो– हामी स्थिरताको पक्षमा छौं, सरकार परिवर्तनको हल्लाको पछाडि नलागौं

बैशाख १२, २०८२
काठमाडौं
कांग्रेसले संसद्‌बाट भन्यो– हामी स्थिरताको पक्षमा छौं, सरकार परिवर्तनको हल्लाको पछाडि नलागौं

​नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता सृजना गर्ने प्रयत्न गरिएको बताएका छन् । उनले कांग्रेस अहिले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट गरे ।

शुक्रबार बसेको बजेट अधिवेशनको पहिलो दिनको प्रतिनिधिसभा बैठकलाई दलीय आधारमा मन्तव्य राख्दै घिमिरेले अहिले मुलुकले स्थिरता र आर्थिक विकास खोजेको बताएका हुन् । ‘दैनिक सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अस्थिरता सृजना गर्ने प्रयत्न हुँदैछ । अहिले देशले शान्ति र स्थिरता, आर्थिक विकास खोजिरहेको छ,’ घिमिरेले भने । 

कांग्रेस–एमालेको संयुक्त सरकार परिवर्तनका हल्ला चलिरहेको समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक घिमिरेले सरकार परिवर्तनको हल्लामा नलाग्न आग्रह गरे । ‘सरकारका कमी कमजोरी छैनन् भन्ने होइन, सरकारले गति बढाउनै पर्छ । सुशासनको मामिलामा सरकार आक्रामक बन्नुपर्छ । बलियो र शक्तिशाली सरकारको व्यवहारमा महसुस गर्न पाउनु पर्छ,’ घिमिरेले भने, ‘दैनिक रूपमा सरकार ढल्ने हल्लाको पछाडि नलागी तदारुकताका साथ काम गर्न आग्रह गर्दछौं । कांग्रेस नबाहिरिएसम्म सरकार ढल्दैन, कांग्रेस ७ बुँदे सहमतिप्रति प्रतिबद्ध छ । स्थिरताको पक्षमा उभिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्