२२ असार २०८३, सोमबार

तीन सन्तानसहित विष सेवन गरेकी आमाको पनि मृत्यु, गर्भमा रहेको शिशु शल्यक्रियाबाट निकालियो

बैशाख १२, २०८२
जनकपुरधाम
तीन सन्तानसहित विष सेवन गरेकी आमाको पनि मृत्यु, गर्भमा रहेको शिशु शल्यक्रियाबाट निकालियो

धनुषाको शहीद नगरपालिका– ५ यदुकोहामा विष सेवनबाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ ।

विष सेवनबाट गम्भीर भएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्यु भएको थियो ।

तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार वर्षीया आकृति साह र दुई वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो ।

विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो ।

गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए ।

पारिवारिक विवादका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्