३० जेठ २०८३, शनिबार

जीपको ठक्कबाट स्कुटर चालकको मृत्यु

बैशाख १२, २०८२
चितवन
जीपको ठक्कबाट स्कुटर चालकको मृत्यु

चितवनमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ६ का ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।​

गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ च २६४४ नम्बरको जीपले ना ४५ प १७९५ नम्बरको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो ।

घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्