२२ असार २०८३, सोमबार

आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै

बैशाख १२, २०८२
सिरहा
आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै

सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फूलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले घटनासँग सम्बन्धित पक्षसँग विस्तृत बयान लिन सुरु गरेको छ । 

बिहीबार मृतक आनन्ददेवीको माइती पक्षको बयान लिने काम सकिएको प्रहरीको छानबिन समितिका संयोजक तथा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

“हिजो मात्र हामीले मृतकको आमा र बुबाको बयान लिएका छौँ”, उनले भने, “घटनासँग सम्बन्धित मुद्दा फाँटका प्रहरीलगायत अन्य व्यक्तिको बयान लिने काम बाँकी छ । चाँडै सकिन्छ ।” कोइरालाले आगामी दुई हप्ताभित्र घटनाको विस्तृत अनुसन्धान प्रतिवेदन तयार पार्ने जानकारी दिए । 

गत पुस ९ गते मृतक आनन्ददेवीलाई गाउँकै दुई युवकद्वारा भएको यौन दुव्र्यवहार घटनामा न्याय खोज्दाखोज्दै वैशाख २ गते उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उक्त घटनाको सूक्ष्म अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम वैशाख ४ गते प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । 

जबर्जस्ती करणी भएको अढाइ महिनापछि गत फागुन २५ गते बल्ल उक्त घटनामा जबर्जस्ती करणी उद्योगको जाहेरी दर्ता भएको थियो । तर, मुद्दा दर्ता भए पनि आरोपितलाई प्रहरीले पक्राउ गरेको थिएन । आरोपित अझै फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्