१४ असार २०८३, आइतबार

डेलिभरीका लागि हतार गर्दा भयो अनर्थ (भिडियोसहित)

मंसिर १४, २०७४
डेलिभरीका लागि हतार गर्दा भयो अनर्थ (भिडियोसहित)

काठमाडौं, १४ मंसिर — आजकलको फास्ट लाइफमा मानिसहरू काममा बेस्सरी डुब्ने गरेका छन् । आफ्नो जिन्दगीको वास्ता पनि गर्दैनन् । 

चीनमा खानेकुरा डेलिभरी गर्ने एक व्यक्तिले नजानिकनै खतरनाक काम गरे । खानाको डेलिभरी गर्ने मानिस यसैपनि हतारमै हुन्छन् । 

तर यो डेलिभरी बोईलाई अर्डर पु–याउने हतार हुँदा उसले रेस्टुरेन्टमा घुस्दा गेट छ भन्ने थाहा पाएन । अर्डर लिनमा लागि यो व्यक्ति रेस्टुरेन्टको सिँढीमा चढ्यो र ध्यान नदिइकनै बेस्सरी काँचको ढोकामा ठोक्कियो । शीशा टुक्राटुक्रा भयो । 

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

रेस्टुराँमा मानिस खाना खाइरहेका छन् । अचानक बाहिर एक व्यक्ति हेलमेट लगाएर दौडिँदै आउँछन् र ढोकामा ठोक्किन आउँछ । ढोका चकनाचुर हुन्छ । उसको हातमा गेटको ह्यान्डल मात्र रह्यो । 

हेल्मेट लगाएको कारण उसलाई शिरमा चोट लागेन । तर केही रुपैयाँको अर्डरका लागि हजारौं रुपैयाँ पर्ने ढोका फुटाएको मूल्य उसले चुकाउनुपरेको भए चाहिँ उसलाई गाह्रै प–यो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्