२७ जेठ २०८३, बुधबार

राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी बने वर्ल्डलिंकको ब्रान्ड एम्बेस्डर

बैशाख १५, २०८२
काठमाडौं
राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी बने वर्ल्डलिंकको ब्रान्ड एम्बेस्डर

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।

कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो भव्य घोषणा गरिएको हो।

नयाँ ब्रान्ड एम्बेस्डरहरूमा रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी रहेका छन्।

यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका कम्पनीले जनाएको छ ।

सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका छन् ।

नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्रान्ड एम्बेस्डर अनुबन्ध गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको छ । जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ।

सम्झौता समारोहलाई सम्बोधन गर्दै मनोज अग्रवालले भने, 'यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्- जुन गुणहरू वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ । उनीहरूले लाखौं नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं। हामी यो सहकार्यले हाम्रो ब्राण्डलाई थप ऊर्जावान बनाउने र देशका विभिन्न भागमा रहेका समुदायहरूसँग हाम्रो सम्बन्ध अझ गाढा बनाउने विश्वास गर्छौं। हामी सँगै नयाँ पुस्तालाई प्रेरित गर्नेछौं, नेपालको उपलब्धिहरूलाई मनाउनेछौं र डिजिटल युगमा अझ मजबुत र समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्नेछौं ।'

यस्तै, मुख्य कार्यकारी अधिकृत केशव नेपालले वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको बताए । 'नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ। वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको छ। गत वर्ष हामीले ‘बिट द स्पीड’ अभियान सुरु गर्‍यौं जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्‍यो, र हामी गर्वका साथ घोषणा गर्छौं कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ,' उनले भने, 'यो सहकार्य केवल ब्रान्ड प्रवर्द्धन होइन, नेपाली जनताको भावना र गौरवसँग जोडिएको हाम्रो आत्मीय प्रतिबद्धता हो। क्रिकेटले हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ, र हामी वर्ल्डलिंकका रूपमा यस राष्ट्रिय खेललाई अझ सशक्त बनाउन र नेपाली जनताको मायालाई सम्मान गर्न प्रतिबद्ध छौं।'

छ जना खेलाडीहरूले पनि आफ्नो खुशी र उत्साह व्यक्त गर्दै नेपालकै सबैभन्दा ठूलो आईएसपी वर्ल्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताए ।

उनीहरूले वर्ल्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत दुवै पक्षका लक्ष्यहरू पूरा गर्न सँगै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।​

१९९५ मा स्थापना भएको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो।​​

देशभरि १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्‍याउँदै आएको वर्ल्डलिंकले उच्च गतिको ब्रोडब्यान्ड र व्यावसायिक सेवा ७७ वटै जिल्लामा प्रदान गर्दै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्