०९ असार २०८३, मंगलबार

आगामी आर्थिक वर्षको बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछ- देउवा

बैशाख १५, २०८२
काठमाडौं
आगामी आर्थिक वर्षको बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछ- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका सवाललाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने बताएका छन् । 

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले नयाँ बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने बताएका हुन् ।

मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । 'स्वदेशमा उत्पादित वस्तु बजार प्रवर्द्धन गर्न उद्योग व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ । स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक छ,' उनले भने, 'डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको छ । आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्छ । यसबाट  सूचना प्रविधिको प्रबर्द्धनमा टेवा पुग्ने छ ।'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता समीकरणलाई निरन्तरता दिइने विश्वास दिलाए । 'अहिलेको सत्ता समीकरण निरन्तर अगाडि बढ्छ । तर यसका लागि सरकारले मन जित्ने गरी काम गर्नुपर्छ,' उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण राज्यले तयार गर्नुपर्ने र सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले विदेशी नागरिकलाई ‘अपार्टमेन्ट’ बिक्री गर्दा फाइदा हुने भन्दै यसबाट पर्यापर्यटनको विकासमा पनि सहयोग पुग्ने बताए । 

कृषिमा वैदेशिक लगानी भित्र्याउन नीति अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्