
काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका- ८ घर भइ बूढानीलकण्ठ नगरपालिका- १ बस्ने २५ वर्षीय कृष्ण चौधरी छन् । करेन्ट लागेर उनको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित घरको जग हेम्बरिङ मेसिनले खन्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।