३० जेठ २०८३, शनिबार

भूकम्पपीडितमा केहि उत्साह, दोस्रो किस्ताको एक लाख ५० हजार पाउन थाले

कात्तिक २०, २०७४
भूकम्पपीडितमा केहि उत्साह, दोस्रो किस्ताको एक लाख ५० हजार पाउन थाले
काठमाडौँ, ६ माघ - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालेको छ । पहिलो किस्ता पाएर घर निर्माणमा तोकिएको मापदण्ड पूरा गर्ने भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ, आजको गोरखापत्रले खबर छापेको छ |working-house
प्राधिकरणका अनुसार गोरखाका भूकम्पपीडितले दोस्रो किस्ताको रकम प्राप्त गर्न थालेका छन् । पहिलो किस्ताबाट तोकिएको मापदण्ड पूरा गरेर निजी आवास निर्माण सुरु गरेका ४१ भूकम्पपीडितले बुधबार सेभ द चिल्ड्रेनको सहयोगमा दोेस्रो किस्ताको रकम प्राप्त गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए । बिहीबार थप ३० परिवारलाई दोस्रो किस्ताको रकम उपलब्ध गराइनेछ ।

त्यस्तै सिन्धुलीबाट ७३ र मकवानपुरबाट दुई सय पीडितले पहिलो किस्ताको रकमबाट घरको आधार तयार गरिसकेको सिफारिस आएकाले छिट्टै दोस्रो किस्ताको रकम वितरण गरिने पनि प्राधिकरणले बताएको छ । यसैबीच भक्तपुर जिल्लाका नौ हजार लाभग्राहीको खातामा पनि पहिलो किस्ताको रकम बिहीबार जम्मा हुने उनले बताए । भक्तपुर जिल्लामा हालसम्म पहिलो किस्ताको रकम वितरण हुन सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्