
पर्सामा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर २ बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सागढी नगरपालिका- ५ का रुस्तम मियाकी ५ वर्षीया छोरी नेहा खातुन र मुकतार मियाकी छोरी ४ वर्षीया आसिया खातुन छन् ।
उनीहरूको पर्सागढी नगरपालिका- ५ बहुअर्वास्थित हीरा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनीहरूको नारायणी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।