२८ जेठ २०८३, बिहीबार

जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने

बैशाख १५, २०८२
काठमाडौं
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने भएको छ । 

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले सुनसरीकोे धरानमा आयोजना गर्न लागेको ‘कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’ को उद्देश्य पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने र पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाङ्कन गर्ने रहेको बताएका छन् ।
 
सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको रक्षार्थ सङ्घर्षको थालनीको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता र सह–अध्यक्ष रकम चेम्जोङको अध्यक्षता रहने गरी उक्त विचार गोष्ठी गर्न लागिएको बस्नेतल बताए ।
 
आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, पिछडा वर्ग, अल्पसंख्यक, पछाडि परेका र पारिएका जाति÷समुदाय र क्षेत्रका जनताको हक, अधिकार सुनिश्चित गर्न तथा विद्यमान सबै किसिमका असमानता, अन्याय, शोषण, उत्पीडन र विभेदको अन्त्यका लागि जसपा नेपालले साङ्गठनिक गतिविधि, अन्तरक्रिया तथा सङ्घर्षका विभिन्न कार्यक्रम गर्ने गरेको उनले बताए ।
 
नेता रकम चेम्जोङको संयोजकत्वमा गठित आन्दोलन परिचालन तथा समन्वय समितिको आयाोजनामा आगामी बैशाख २० गते उक्त गोष्ठी गर्न लागिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्