२७ जेठ २०८३, बुधबार

अरुण नदीमा जीप खस्दा तीन घाइते

बैशाख १५, २०८२
संखुवासभा
अरुण नदीमा जीप खस्दा तीन घाइते

 सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन् । 

प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा खाँदवारी नगरपालिका–९ का रमेश राई, मकालु गाउँपालिका–५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ढोकरबहादुर पाण्डे घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धर्मदेवी नगरपालिका–८ सूर्तिवारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर नदीमा खसेको जानकारी आएको बताए । 

गाडी नदीमा डुबेकाले झिक्ने अवस्था नरहेको र घाइते तीनै जनाको उद्धार गरेर मनकामना अस्पताल तुम्लिङटारमा उपचार भइरहेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्