
आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले सलहेश फुटबल क्लब सिरहालाई १–० गोलले पराजित गर्दे सेमिफाइन प्रवेश गरेको छ ।
दोस्रो हाफको दुई मिनेटमा एपिएफका लागि प्रदीप लामाले गरेको गोल नै निर्णायक बन्यो । मङ्गलबारको तेस्रो खेल भगवती स्पोर्टस क्लब खोटाङ र नवोबुद्ध फुटबल क्लब सप्तरीबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।