२२ जेठ २०८३, शुक्रबार

घुससहित पक्राउ परेका सई खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख १६, २०८२
काठमाडौं
घुससहित पक्राउ परेका सई खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत खड्काविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सई खड्का सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँसहित पक्राउ परेका थिए । 

भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै अवैधरूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै खड्काले ​सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो ।

उक्त उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले खड्कालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

आयोगले ३० हजार रुपैयाँ कायम गरेर बिगो बमोजिम जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्