०६ असार २०८३, शनिबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत प्रस्थान

बैशाख १६, २०८२
काठमाडौं
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत प्रस्थान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली आज भारततर्फ प्रस्थान गरेको छ ।

भारत सरकारको निमन्त्रणामा आज टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक साताका लागि त्यसतर्फ गएको हो । दुवै देशको तर्फबाट मुख्यमन्त्रीस्तरीय औपचारिक विदेश भ्रमण पहिलोपटक हुन लागेको हो ।

भारत भ्रमण जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषिलगायत विषयमा छलफल हुने बताए । टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउलगायत ठाउँको भ्रमण गर्नेछ ।

टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्ड मुख्यमन्त्री तथा कृषिमन्त्रीसँगको भेटपश्चात लखनउबाट स्थल मार्ग हुँदै कैलाली आउने कार्यक्रम तय भएको छ ।

भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्