२५ जेठ २०८३, सोमबार

डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढ्दै, नेपाल प्रहरीद्वारा 'बलियो पासवर्ड' प्रयोग गर्न आग्रह

बैशाख १६, २०८२
काठमाडौं
डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढ्दै, नेपाल प्रहरीद्वारा 'बलियो पासवर्ड' प्रयोग गर्न आग्रह

नेपाल प्रहरीले सूचना प्रवाहका लागि प्रयोगमा रहेका डिजिटल बोर्डहरू ह्याक हुने घटनामा वृद्धि भइरहेको भन्दै आम नागरिक र सम्बन्धित संस्थालाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार, यस्ता बोर्डहरूमा अझै पनि 'डिफल्ट युजरनेम र पासवर्ड' अथवा अत्यन्तै कमजोर पासवर्डहरू प्रयोग गरिने गरेको पाइन्छ, जसले गर्दा साइबर सुरक्षामा ठूलो जोखिम उत्पन्न भएको छ।

प्रहरीले सार्वजनिक गरेको सूचना पोस्टरमा भनिएको छ, “यस्ता पासवर्डहरूलाई समय समयमा परिवर्तन गरी बलियो पासवर्ड राखी सुरक्षित रहन अनुरोध गर्दछौं।”

यस प्रकारको सचेतना अभियान नेपाल प्रहरीले डिजिटल सुरक्षामा आम नागरिकको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिरहेको हो।

डिजिटल सूचना प्रणालीको दुरुपयोग हुन नदिन यस प्रकारको प्रविधि प्रयोग गर्ने सरकारी तथा निजी संस्थाहरूले तुरुन्तै आफ्ना पासवर्डहरू मजबुत बनाउन र आवश्यक साइबर सुरक्षा उपायहरू अवलम्बन गर्नुपर्ने प्रहरीको सल्लाह छ।

salt training

कमेन्ट गर्नुहोस्