०२ असार २०८३, मंगलबार

एसिड आक्रमण भएको रुकुम पश्चिमका दुई मतदान केन्द्रमा भोलि पुनः मतदान

मंसिर १४, २०७४
एसिड आक्रमण भएको रुकुम पश्चिमका दुई मतदान केन्द्रमा भोलि पुनः मतदान


रुकुम, १४ मंसिर - गत १० गते भएको पहिलो चरणको निर्वाचनका क्रममा स्थगित भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा शुक्रबार १५ गते पुनःमतदान हुने भएको छ । मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि मतदान स्थगित भएको थियो । 

मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक÷एक मतदान केन्द्रमा पुनः मतदान सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

मतदानका लागि मतदान अधिकृतलगायतका कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको बताएको छ । 

निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानका लागि कर्मचारी खटाएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । 

बाँफीकोट गाउँपालिका– ५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने उनले बताए  । 

salt training

कमेन्ट गर्नुहोस्