
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलसमक्ष एमाले कर्णाली प्रदेशले तीन महिने जरा केन्द्रित अभियानको प्रतिवेदन पेस गरेको छ ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज एमाले कर्णाली प्रदेश इञ्चार्ज गोरख बोगटीले अभियानको प्रतिवेदन महासचिव पोखरेलसमक्ष पेस गरेका हुन् ।
प्रतिवेदनमा कर्णालीका गाउँ–गाउँमा पार्टी सङ्गठनलाई थप सुदृढ बनाएको निष्कर्ष निकालिएको इञ्चार्ज बोगटीले जानकारी दिए । उनले महासचिव पोखरेललाई अभियानका मुख्य उपलब्धि र देखिएका चुनौतीबारे संक्षिप्त जानकारी गराएका थिए। इञ्चार्ज बोगटीले अभियानले कर्णाली पार्टीका स्थानीय कमिटीलाई पुनर्गठन तथा सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।