१५ असार २०८३, सोमबार

पुनः मतदान वहिस्कार गर्ने कांग्रेसको निर्णय !

मंसिर १४, २०७४
पुनः मतदान वहिस्कार गर्ने कांग्रेसको निर्णय !

काठमाडौँ, १४ मङ्सिर-  गत १० गते मतदान स्थगित भएको रुकुम (पश्चिम) का दुई मतदानस्थलमध्ये काँग्रेसले आठबिसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मतदानस्थलको (ख) मतदान केन्द्रमा हुने पुनः मतदानमा सहभागी नहुने जनाएको  छ । आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै कार्यकर्तालाई नछोडिएसम्म भोलि १५ गते पुनःमतदानमा सहभागी नहुने बताएको हो । 

गत १० गते मतदानका क्रममा काँग्रेसका तर्फबाट मतदान केन्द्रमा प्रतिनिधिका रुपमा बसेका केशवबहादुर खड्काले मतपत्रमा एसिड राखेर मतपेटिकामा खसालेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खड्कालाई बिनाकारण फसाइएको भन्दै काँग्रेस आठबिसकोट नगरपालिकाले उनको रिहाइको माग गर्दै रिहाइ नगरिए शुक्रबार हुने मतदानमा सहभागी नहुने निर्णय गरेको नेपाली काँग्रेस आठबिसकोट नगरपालिकाका संयोजक कमल शाहले जानकारी दिए  । 

यसैबीच पार्टीको स्थानीय तहले मतदानमा सहभागी हुने निर्णय गरे पनि यसबारेमा काँग्रेस रुकुम (पश्चिम) ले पनि चल्फ़र थालेको छ छ । यसबारेमा छलफल गर्न जिल्ला सभापति प्रेमप्रकाश ओलीसहितको टोली आठबिसकोटतर्फ गएको छ । आठबिसकोट पुगेर स्थानीय पार्टी समितिसँग छलफल गरेर यसबारेमा अन्तिम निर्णय हुने जिल्ला सभापति ओलीले जानकारी दिए  । 

मतदानका विषयमा छलफल गर्न आज बोलाइएको सर्वदलीय बैठकमा काँग्रेस सहभागी भएको छैन । काँग्रेस सहभागी नभएपछि अन्य दलको सहभागितामा बैठक बसेको मतदान अधिकृत कर्णबहादुर कँुवरले जानकारी दिए  । 

भोलि बाँफीकोट गाउँपालिका– ५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने छ  । 
 

salt training

कमेन्ट गर्नुहोस्