०८ साउन २०८३, शुक्रबार

राजनीतिक दलसम्बन्धी ऐनमा फरक सुझाव

बैशाख १७, २०८२
काठमाडौं
राजनीतिक दलसम्बन्धी ऐनमा फरक सुझाव

 राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन तथा परिमार्जनका लागि निर्वाचन आयोगको प्रस्तावित व्यवस्थामा राजनीतिक दलहरूको सुझाव बाझिएको छ । एकल चुनाव चिह्न, दल त्याग गरी नयाँ दल गठन गर्दा आवश्यक सङ्ख्या, संसदीय दलको गठन र राष्ट्रिय दलको मान्यतालगायतका विषयमा प्रमुख दलका सुझाव बाझिएका छन् । 

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ सङ्घीयता र समय अनुकूल परिमार्जन गर्नुपर्ने भएकाले दललाई सुझाव दिन आग्रह गरेको थियो । आयोगले तोकेको समयसीमाभित्र नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका ११ दलले लिखित सुझाव दिएका छन् । 

माओवादी केन्द्र र एकीकृत समाजवादीले उस्ताउस्तै सुझाव दिए पनि एकीकृत समाजवादीले आयोगबाट परिमार्जन प्रस्ताव गरेको अधिकांश दफामा आफ्नो प्रस्ट धारणा राखेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्