०३ असार २०८३, बुधबार

भुजिया उद्योगमा आगलागी, १० लाखको क्षति

मंसिर १४, २०७४
भुजिया उद्योगमा आगलागी, १० लाखको क्षति


झापा , १४ मंसिर - झापा दमकस्थित एक भुजिया उद्योगमा आज अपराह्न आगलागी हुदाँ करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ । 

दमक–६ स्थित भगवती भुजिया उद्योगमा विद्युत् चुहावट भएर लागेको आगलागीबाट उद्योगमा उत्पादित सामग्री तथा कच्चा पदार्थ नष्ट भएको उद्योग सञ्चालक टीका थापाले बताए  । 

दमक नगरपालिकाको दुई वटा वारुणयन्त्र र गौरादहको एक वारुणयन्त्रसहित स्थानीयबासीको सहयोगमा एक घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्