२४ जेठ २०८३, आइतबार

१० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन विद्यालयहरूलाई काठमाडौं महानगरको पत्र

बैशाख १७, २०८२
काठमाडौं
१० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन विद्यालयहरूलाई काठमाडौं महानगरको पत्र

काठमाडौं महानगरपालिकाले कक्षा १ देखि १० सम्म १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन महानगरअन्तर्गतका संस्थागत विद्यालयहरूलाई परिपत्र गरेको छ । 

त्यसरी उपलब्ध गराइने छात्रवृत्ति 'जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्वपिडीत र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने' महानगरले भनेको छ ।

'यस शैक्षिक सत्र २०८२ मा पनि कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कूल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशतमा नघट्ने गरी माथि तोकिएबमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँसगरी सम्बन्धित विद्यार्थी तथा निजका अभिभावकबाट आवेदन लिई २०८२ जेठ पहिलो हप्ताभित्र छात्रवृत्ति विवरणको व्यवस्था मिलाउनुहुन अनुरोध छ,' पत्रमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्