२५ जेठ २०८३, सोमबार

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

बैशाख १७, २०८२
अर्घाखाँची
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वडाका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । 

वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरूलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो । 

यात्रामा  ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए ।  वडाले आफूहरूका लागि तीर्थयात्राको व्यवस्था गरेकामा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरे ।  

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत तीन लाख खर्चेर तीर्थयात्रा गराइएको हो । 

यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि, कर्मचारी गरी ६५ जना सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्