०९ साउन २०८३, शनिबार
अन्तिम समयमा एकता स्थगित

रेशम पक्राउ परेपछि नाउपा-जनमत एकता स्थगित

बैशाख १७, २०८२
काठमाडौं
रेशम पक्राउ परेपछि नाउपा-जनमत एकता स्थगित

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता स्थगित भएको छ । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि दुई पार्टीबीचको एकता स्थगित भएको जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले जनाएको छ । 

रेशमलाई पक्राउ गरिएको घटनाको भर्त्सना गर्दै एकता स्थलबाट घर फर्किन नेता कार्यकर्ताहरूलाई आग्रह गरिएको छ । 

अब बैठक बसेर अर्को सूचना दिने सचिवालयले जनाएको छ ।

बुधबार दिउँसो एकतास्थलबाटै प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकताको गर्ने कार्यक्रममा पुगेका चौधरी पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतले टीकापुर घटनामा थुनामा राख्न आदेश गरेको भएर फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

बुधवार दिउँसो नागरिक उन्मुक्तिसँग जनमतको एकता कार्यक्रम तय भएको छ । एकता कार्यक्रममा सहभागी हुन दुवै पार्टीका कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भइसकेका छन् ।

२०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले २०८० जेठमा चौधरीलाई आमाफी दिएका थिए । सो निर्णयविरुद्ध कैलालीको टीकापुरमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट हालेकी थिइन् । 

रेशम पक्राउसँगै नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता प्रक्रियामा सन्देश उत्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्